२७ मङ्सिर, काठमाडौँ । दुई दिनदेखी लगातार उकालो लागेको सुनको मूल्य आज पनि ९ सयले बढेको छ ।
बुधबार ९३ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज ९ सयले घटेर प्रतितोला ९२ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज ९ सयले घटेर प्रतितोला ९२ हजार ५० रुपैँयामा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य घटसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १२१५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैँयाले घटेर प्रतितोला १२०० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।