back
CTIZAN AD

हप्तामा २ दिन सार्वजनिक बिदा दिन सरकारी समितिको सुझाब (प्रतिबेदनसहित)

वि.सं.२०७७ मंसिर २५ बिहीवार

939 

shares

काठमाडौं । सरकारी अध्ययन समितिले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गर्न सरकारलाई सुझाब दिएको छ । पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोईराला नेतृत्वको समितिले यस्तो सुझाब दिएको हो ।

समितिले हप्तामा २ दिन बिदा कायम गर्दा सरकारी खर्च कटौती हुने र संस्थाहरुको उत्पादकत्व बृद्धि हुने निष्कर्ष निकालेको छ । जहाँ कर्मचारीको बृद्धि विकासमा पनि सहयोग पुग्ने समितिको ठहर छ ।

समितिले बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ – हप्तामा २ दिन सार्वजनिक विदा कायम गर्दा आर्थिक रुपले कर्मचारी र कार्यालय तथा संस्थाहरुको उत्पादकत्व बृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोगमा हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने देखिएको हप्तामा २ दिन बिदा दिन मनासिब रहेको व्यहोरा समिति सिफारिस गर्दछ ।

प्रतिवेदनमा जनाइएअनुसार विश्वका ९१ प्रतिशत मुलुकमा सातामा २ दिन बिदा दिने व्यवस्था छ । एशियाभित्रका ४३ देशमध्ये ३८ देशमा पनि यो व्यवस्था कार्यान्वयनमा छ । सार्क देशमा सातामा १ दिन बिदा दिने देश नेपाल मात्रै भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ समितिको प्रतिवेदन

वि.सं.२०७७ मंसिर २५ बिहीवार १६:०२ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...