back
CTIZAN AD

नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक सम्पन्न

वि.सं.२०७७ मंसिर २७ शनिवार

588 

shares

२७ मंसिर, काठमाडौं । नेपाल–क्यानाडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार, लगानी, शैक्षिक तथा सांस्कृतिक सहयोग प्रवद्र्धन गर्ने सहमतिका साथ सम्पन्न भएको छ ।

अप्रत्यक्षरुपमा शुक्रबार साँझ भएको उक्त बैठकमा दुई वर्षअघि ओटावामा सम्पन्न संयन्त्रको पहिलो बैठकका निर्णयको समीक्षाका साथै पारस्परिक पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध विकासलगायत विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र विश्व मामिलासम्बन्धी सचिव पल थोप्पिलले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

त्यसैगरी बैठकमा पछिल्लो समयमा दुवै देशमा भएका राजनीतिक एवं आर्थिक घटनाक्रम, कोभिड–१९ को रोकथामबारे अनुभव आदानप्रदान, कोभिडविरुद्धको खोपमा सबैको पहुँचको सुनिश्चितता तथा महामारीलाई परास्त गर्न सामूहिक साझेदारीलगायत विषयमा छलफल भएको थियो ।

जलवायु परिवर्तनका प्रभावको सम्बोधन, मानवअधिकार संरक्षण एवं प्रवद्र्धन, बहुपक्षीयता प्रवद्र्धन, राष्ट्रसङ्घीय शान्ति सेना, विधिमा आधारित व्यापार प्रणालीलगायत अन्तर्राष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चहरुमा दुवै देशले साझेदारी गर्ने पुनः प्रतिबद्धता पनि बैठकमा व्यक्त गरेका थिए । रासस

वि.सं.२०७७ मंसिर २७ शनिवार १३:०६ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...