back
CTIZAN AD

बैतडीको दशरथचन्दका विद्यालय आइतबारदेखि खुल्ने

वि.सं.२०७७ मंसिर २७ शनिवार

672 

shares

२७ मंसिर, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् । यही मङ्सिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण विद्यालय बन्द रहेका थिए ।

विद्यालय सञ्चालन गर्नका लागि नगरकार्यपलिकाको बैठकले निर्णय गरेको सो नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए । उनले भने, “लामो समयदेखि विद्यालय बन्द रहँदा पठनपाठन कार्य प्रभावित भएकाले सञ्चालनको तयारी भएको हो ।”

बैठकले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को परिधिभित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय मङ्सिर २८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।

उनले भने, “कोरोनाको सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरेका छौँ ।” नियमितरुपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड– १९ को उच्च जोखिम देखिएमा वडा कार्यालयसँग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले बन्द गर्नसक्ने जनाइएको छ । नगरपालिकामा हालसम्म १३६ मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती मध्ये ३८ मात्रै सक्रिय अवस्थामा छन् । रासस

वि.सं.२०७७ मंसिर २७ शनिवार १२:५२ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...