
२७ मंसिर, काठमाडौं । माछापुछ्रे बैंकले सेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ७.०३ प्रतिशत बोनस सेयर र ३.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
बैंकको ४ सय २९औं सञ्चालक समितिको बैैठकले चुक्ता पुँजीको २८ करोड ५० लाख ६४ हजार ७ सय ४४ कर प्रयोजन सहित नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
उक्त लाभांश कम्पनीको २२औं वार्षिक साधारणले पारित गरेपछि वितरण गरिने जनाइएको छ । पुस २ गते होटल पोखरा ग्राण्डमा बैंकको साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न गरिने जनाइएको छ ।