
२७ मंसिर, काठमाडौं । पछिल्लो पटक नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा गरिएको ५,२४२ वटा नमुना परीक्षणमा ८९९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आज उपत्यकामा ४८२ जना मात्रै संक्रमित थपिएका छन् । साथै संक्रमित हुनेमा ३५२ महिला र ५४७ पुरुष रहेका छन् ।
त्यसैगरी देशैभरीका अस्पताल, आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेकाहरुमध्ये १३५९ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९४.६ प्रतिशत रहेको छ ।
आज देशैभरी १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना संक्रमणबाट मुक्त