back
CTIZAN AD

लालूप्रसाद यादवको स्थिति गम्भिर

वि.सं.२०७७ मंसिर २७ शनिवार

792 

shares

२७ मंसिर । भारतीय राष्ट्रिय जनता दल (राजद) का प्रमुख लालूप्रसाद यादवको स्वास्थ्य अवस्था गम्भिर बन्दै गैरहेको खबर भारतीय संचारमाध्यमहरुले  जनाएका छन् ।

बिहारका पूर्वमुख्यमंत्री समेत रहेका यादवको उपचार गरिरहेका डा. उमेश प्रसादले यसबारे जानकारी दिँदै भनेका छन् ‘लालूप्रसाद यादवको मृगौलाले कुनै पनि बेला काम गर्न सक्छ । यद्यपि यसबारे भन्ने गर्न गाह्रो छ ।’

डा. उमेश प्रसादले लालू यादवको मिर्गाैलाले २५ प्रतिशत मात्र काम गरिरहेको छ । त्यसैले कुनै पनि समयमा उनको मृर्गाैलाले काम गर्न रोक्न सक्दछ । उनको स्वास्थ्य अवस्था बारे उच्च अधिकारीलाई समेत लिखित रूपमा पनि सूचित गरिसकिएको बताए ।

लालू प्रसाद यादव रांचीको राजेन्द्र मेडिकल साइन्स इन्स्टिच्युटमा उपचाररत छन् भने डा. उमेश प्रसादले उनको उपचार गरिरहेका छन् ।
लालू प्रसाद यादवलाई गत महिना रिस्मको निजी वार्डमा सारिएको थियो । बिहारको चुनाव पछि बीजेपीले लालू यादवले आफ्ना विधायकहरूलाई किन्न खोजेको आरोप लगाएको थियो । त्यसपछि एक अडियो पनि सार्वजनिक पनि भएको थियो । यद्यपि राजदले ती आरोपहरू अस्वीकार गरेको छ ।

लालू प्रसाद यादव पहिले १ केली बंगलामा बस्दै थिए । लालू यादवले जेलको समय व्यतीत गरिरहेको छैन, बंगलामा आरामदायी जीवन बिताइरहेको छ भन्ने आरोप भाजपाले लगाएको थियो ।

वि.सं.२०७७ मंसिर २७ शनिवार १९:०४ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...