back

तिलोत्तमा नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम कार्यान्वयन

वि.सं.२०७७ मंसिर २७ शनिवार

150 

shares
NTC AD
Global IME AD

 स्थानीय पाठ्यक्रममा सरसफाइसँग सम्बन्धित ‘मेरो खल्ती : मेरो पहिलो डष्टविन’ को अवधारणालाई पनि समेटिएको छ । पूर्ण सरसफाइउन्मुख तिलोत्तमा नगरपालिकाले सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नै दिने गरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।

२७ मङ्सिर, रुपन्देही । तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिकसत्रबाट कार्यान्वयनमा आएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गङ्गाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालय छन् ।

पहिलो चरणमा कक्षा १ देखि ५ सम्म १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक सङ्घसंस्थालगायतका विषय समेटिएको छ ।

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकाले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समितिका संयोजक दामोदर भुसालले बताए । स्थानीय पाठ्यक्रममा सरसफाइसँग सम्बन्धित ‘मेरो खल्ती : मेरो पहिलो डष्टविन’ को अवधारणालाई पनि समेटिएको छ । पूर्ण सरसफाइउन्मुख तिलोत्तमा नगरपालिकाले सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नै दिने गरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।

चकलेट, जङ्कफुडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधारणा ‘मेरो खल्ती : मेरो पहिलो डष्टविन’ को रहेको छ । यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाइमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकामा तिलोत्तमाले त्यसको अभ्यास गरेको हो ।

विद्यालयले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । समितिले विभिन्न चरणमा सरोकारवालासँग छलफल तथा अन्तक्र्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रूप दिएको संयोजक भुसालले बताए । पाठ्यक्रम निर्माण समितिका सदस्यमा टङ्कप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्यसचिव शारदा भट्टराई रहेका छन् । रासस

वि.सं.२०७७ मंसिर २७ शनिवार १८:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

बसाइँ-सराइको प्रभावले वनजंगलमा डढेलो लाग्ने क्रम बढ्दो

बसाइँ-सराइको प्रभावले वनजंगलमा डढेलो लाग्ने क्रम बढ्दो

बलेवा (बागलुङ) । डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका...

एकैछिनको असिनाले सखाप बनायो सुन्तलाखेती

एकैछिनको असिनाले सखाप बनायो सुन्तलाखेती

पर्वत । लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको सुन्तला पकेट...

ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर...

चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दुई जनाको मृत्यु

पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ...

कानुन विपरीतका हतियार जफत गर्दै जिल्ला प्रशासन

कानुन विपरीतका हतियार जफत गर्दै जिल्ला प्रशासन

तम्घास । जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार...