back
CTIZAN AD

तिलोत्तमा नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम कार्यान्वयन

वि.सं.२०७७ मंसिर २७ शनिवार

738 

shares

 स्थानीय पाठ्यक्रममा सरसफाइसँग सम्बन्धित ‘मेरो खल्ती : मेरो पहिलो डष्टविन’ को अवधारणालाई पनि समेटिएको छ । पूर्ण सरसफाइउन्मुख तिलोत्तमा नगरपालिकाले सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नै दिने गरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।

२७ मङ्सिर, रुपन्देही । तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिकसत्रबाट कार्यान्वयनमा आएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गङ्गाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालय छन् ।

पहिलो चरणमा कक्षा १ देखि ५ सम्म १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक सङ्घसंस्थालगायतका विषय समेटिएको छ ।

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकाले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समितिका संयोजक दामोदर भुसालले बताए । स्थानीय पाठ्यक्रममा सरसफाइसँग सम्बन्धित ‘मेरो खल्ती : मेरो पहिलो डष्टविन’ को अवधारणालाई पनि समेटिएको छ । पूर्ण सरसफाइउन्मुख तिलोत्तमा नगरपालिकाले सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नै दिने गरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।

चकलेट, जङ्कफुडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधारणा ‘मेरो खल्ती : मेरो पहिलो डष्टविन’ को रहेको छ । यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाइमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकामा तिलोत्तमाले त्यसको अभ्यास गरेको हो ।

विद्यालयले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । समितिले विभिन्न चरणमा सरोकारवालासँग छलफल तथा अन्तक्र्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रूप दिएको संयोजक भुसालले बताए । पाठ्यक्रम निर्माण समितिका सदस्यमा टङ्कप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्यसचिव शारदा भट्टराई रहेका छन् । रासस

वि.सं.२०७७ मंसिर २७ शनिवार १८:३८ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...