back
CTIZAN AD

अभिनेत्री आर्य बनर्जीको निधन

वि.सं.२०७७ मंसिर २७ शनिवार

801 

shares

२७ मंसिर । सन् २०२० मा भारतीय फिल्मी क्षेत्रले धेरै कलाकारहरुलाई गुमाएको छ । २०२० को वर्ष अन्तमा आउँदा बलिउडले फेरि अर्को एक कलाकार गुमाएको छ ।

डर्टी पिक्चर फिल्ममा विद्या बालनसँग काम गर्ने अभिनेत्री आर्य बनर्जीको निधन भएको छ । पुलिसले उनको लासलाई कोलकाताको जोधपुर पार्क क्षेत्रको एउटा अपार्टमेन्टबाट ढोका फोडेर निकालेको थियो । अपार्टमेन्ट वरपरका छिमेकीले आर्यको कोठाबाट कुनै जवाफ नआएपछि प्रहरीलाई खबर गरेका थिए ।

आर्यको पूरा नाम देब्दत्त बनर्जी थियो । उनी सितारवादक निखिल बनर्जीको छोरी हुन् । बनर्जी ३३ बर्षकी थिइन् । आर्य उनको घरमा एक्लै बस्थिन् ।

प्रहरीले उनको घरबाट केही औषधि र रक्सीको बोतल पनि बरामद गरेको छ । यद्यपी प्रहरीले आर्यको अप्राकृतिक मृत्युको मुद्धा दर्ता गरेको छ । शव पोष्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ । आर्य डर्टी पिक्चरका अलावा राजकुमार रावको फिल्म लव सेक्स र धोकामा समेत जोडिएकी थिइन । उनको मृत्युबारे थप जानकारी प्रहरीको छानविनपछि नै आउनेनै छ ।

वि.सं.२०७७ मंसिर २७ शनिवार १९:४१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...