
२७ मंसिर । सन् २०२० मा भारतीय फिल्मी क्षेत्रले धेरै कलाकारहरुलाई गुमाएको छ । २०२० को वर्ष अन्तमा आउँदा बलिउडले फेरि अर्को एक कलाकार गुमाएको छ ।
डर्टी पिक्चर फिल्ममा विद्या बालनसँग काम गर्ने अभिनेत्री आर्य बनर्जीको निधन भएको छ । पुलिसले उनको लासलाई कोलकाताको जोधपुर पार्क क्षेत्रको एउटा अपार्टमेन्टबाट ढोका फोडेर निकालेको थियो । अपार्टमेन्ट वरपरका छिमेकीले आर्यको कोठाबाट कुनै जवाफ नआएपछि प्रहरीलाई खबर गरेका थिए ।
आर्यको पूरा नाम देब्दत्त बनर्जी थियो । उनी सितारवादक निखिल बनर्जीको छोरी हुन् । बनर्जी ३३ बर्षकी थिइन् । आर्य उनको घरमा एक्लै बस्थिन् ।
प्रहरीले उनको घरबाट केही औषधि र रक्सीको बोतल पनि बरामद गरेको छ । यद्यपी प्रहरीले आर्यको अप्राकृतिक मृत्युको मुद्धा दर्ता गरेको छ । शव पोष्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ । आर्य डर्टी पिक्चरका अलावा राजकुमार रावको फिल्म लव सेक्स र धोकामा समेत जोडिएकी थिइन । उनको मृत्युबारे थप जानकारी प्रहरीको छानविनपछि नै आउनेनै छ ।