back
CTIZAN AD

म्याग्दीमा ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु हुँदै

वि.सं.२०७७ मंसिर २८ आइतवार

690 

shares

२८ मङ्सिर, गलेश्वर । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

प्रमुख लम्सालले यो अभियानले महिलाको प्रजनन अधिकारका बारेमा सचेतना फैलाउनुका साथै गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न सघाउ पुर्याउने जिकिर गरे ।

अभियानलाई प्रभावकारी बनाउन छवटै स्थानीय तहका स्वास्थ्य संयोजकलगायत जिल्लाका ३९ वटै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

यस अभियानले विशेषगरी दुर्गम क्षेत्रका महिलालाई धेरै सहज हुने अभिमुखीकरण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । सोही अवसरमा प्रजिअ अधिकारीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गरेका थिए ।
रासस

वि.सं.२०७७ मंसिर २८ आइतवार १०:०८ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...