back

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली पनि

वि.सं.२०७३ माघ २ आइतवार

552 

shares
GLOBAL IME AD
NTC AD

पोखरा । सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बङ्गलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् ।

त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ््दी क्लब र त्रिभुवन आर्मी क्लब छन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख एक हजार एक र उपविजेताले रु दुई लाख ५१ हजार एकसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने क्लबका महासचिव केशवराज बरालले जानकारी दिनुभयो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नेपाल जनरल मार्केटिङ प्रालिद्वारा प्रायोजित एक थान ड्यास हिरो स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का र एलजी टेलिभिजन प्रदान गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो ।

यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रु एक लाख बराबरको रारा तथा अन्य विभिन्न चाउचाउ पनि टिकटका दर्शकलाई वितरण गरिने कार्यक्रम छ ।

हङकङ निवासी समाजसेवी देव गुरुङले क्लबलाई रु ५१ हजार एक सय ११ सहारा क्लबलाई सहयोग गर्नुभएको छ । ‘रेडियो अन्नपूर्ण’का कार्यकारी प्रमुख दीपेन्द्र श्रेष्ठले आज उक्त रकम बराबरको चेक क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । रासस

वि.सं.२०७३ माघ २ आइतवार १०:१७ मा प्रकाशित

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...