back
CTIZAN AD

राजतन्त्र फर्काउने कुरा विद्युतको विकल्प अगुल्टो रोज्नु जस्तै हो: मुख्यमन्त्री गुरुङ

वि.सं.२०७७ मंसिर ३० मंगलवार

666 

shares

३० मंसिर, काठमडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजवादीको आन्दोलनले राजतन्त्र फर्काउन नसक्ने दाबी गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२ औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोदन गर्दै उनले गइसकेको राजतन्त्र ल्याउँछु भन्ने कुरा विद्युतको विकल्पका रुपमा अगुल्टो प्रयोगमा ल्याउछु भन्नु जस्तै रहेको उनले बताए ।

“हटिसकेको राजतन्त्र ल्याउँछु भन्नु र घाम खस्छ भन्नु उस्तै उस्तै हो”, मुख्यमन्त्री गुरुङले भने । उनले कोरोना सङ्क्रमणले समस्या मात्रै हैन, अवसरसमेत प्रदान गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गराउन कोरोनाले अवसरसमेत दिलाएको बताए । “कोरोनाले अत्यन्तै समस्या ल्यायो, हामी सबैलाई निराससमेत बनायो”, मुख्यमन्त्री गुरुङले भने, “कोरोनापछि स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ, अस्पताल निर्माण हुनेछन्, आगामी दिनमा थाल खानेकी भात खानेको अवस्था आउनेछैन ।”

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले जनतालाई छिटोभन्दा छिटो विकास दिन खोजेको भन्दै विकास र सुशासनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

महासङ्घको उक्त तीन तले भवन रु एक करोड पाँच लाखको लागतमा निर्माण भएको हो । महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । रासस

वि.सं.२०७७ मंसिर ३० मंगलवार १९:३७ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...