back
CTIZAN AD

मन्त्रालय योजनाबद्ध विकासका साथ अगि बड्दै छः मन्त्री श्रेष्ठ

वि.सं.२०७७ मंसिर ३० मंगलवार

837 

shares

३० मंसिर, काठमडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि योजनाबद्ध विकासलाई जोड दिएको बताएका छन् । मन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी समालेको दुई महिना पुगेको अवसरमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले विभिन्न आयोजनामा त्यसको नियमित अनुगमन गरेर काम गर्ने वातावरण मिलाउन लागेको बताए ।

काठमाडौँ उपत्यकाका १८ नगरपालिकाको फोहर व्यवस्थापनका लागि निर्माणाधीन बञ्चरेडाँडास्थित ल्याण्डफिल साइट पहिलो सेलको निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । दोस्रो चरणको सेलको निर्माण सँगसँगै अघि बढिरहेको पनि उनले बताए । देशभरका नगरपालिकाको फोहरमैलाको आधुनिक प्रविधि अवलम्बन गरी व्यवस्थापन गर्ने योजना बनाइएको उनले बताउका थिए ।

सरकारले गरिबीको रेखामुनि रहेका घरपरिवारलाई सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्न सरकारको नीति तथा कार्यक्रममा सुरक्षित नागरिक आवास कार्यक्रम समेटिएको मन्त्री श्रेष्ठले बताएका हुन् । सो कार्यक्रमअन्तर्गत कूल लक्ष्यको २५ प्रतिशतभन्दा बढी काम भइसकेकोपनि उनले बताए ।

मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा रहेको सन्थाल जातिको एकीकृत बस्ती निर्माणको योजना बनाएको छ । ललितपुरको गोदावरीमा तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, “नेपाली कांग्रेस र त्यसपछि नेपाल कम्युनिष्ट पार्टीले महाधिवेशन त्यही गर्न सक्नेछन् ।” रासस

वि.सं.२०७७ मंसिर ३० मंगलवार १९:५५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...