back
CTIZAN AD

सरकारको सर्वसत्तावादी सोच झनै प्रष्टिएको छ –सभापति देउवा

वि.सं.२०७७ मंसिर ३० मंगलवार

672 

shares

३० मंसिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सर्वसत्तावादी सोच झनै प्रष्टिएको बताएका छन् ।

ट्वीट गदै सभापति देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनुलाई अलोकतान्त्रिक भन्दै यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताएका छन् ।

‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यत्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हाँस्यास्पद हो ।’ सभापति देउवाले टिव्टमा लेखेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण स्थगित भएको थियो । बैठक स्थगित भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश जारी गरेकी थिइन् ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार २०:०८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...