back
CTIZAN AD

काठमाडौंबाट गोरखा जाँदै गरेको बस दुर्घटना हुँदा पाँच गम्भीर घाईते

वि.सं.२०७७ पुस १ बुधवार

951 

shares

१ पुष, काठमाडौं । काठमाण्डौंबाट गोरखाको सोती जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाईते भएका छन् ।

काठमाण्डौंबाट गोरखाको सोतीका लागि छुटेको ग १ ख ९४४६ नम्बरको बस गोरखाको भिमसेन थापा गाउँपालिका ३ को तान्द्राङ मुरली चोकमा अनियन्त्रित भइ दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका हुन् ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी जवान संकर खड्काका अनुसार उक्त बस दुर्घटनामा गम्भीर घाईते हुनेमा गोरखा धार्चे ६ का ५० वर्षीय सुरमान घले, भिमसेन थापा ३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय उज्जवल लामिछाने र मनोज पुडासैनी तथा धार्चे केरौँजाकी ३२ वर्षीया कान्छी गुरुङ रहेकी छन् ।

खड्काका अनुसार काठमाडौंबाट छट्दा बसभरी यात्रु भएपनि बाटोमा झर्दै गएकाले ३० जना बाँकी रहेका थिए । उनीहरुमा पाँच गम्भीर घाईते भएको र बाँकी सामान्य घाइतेको आरुघाट स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ ।

गम्भीर घाईते मध्ये कान्छी गुरुङ र मनोज पुडाशैनीलाई जिल्ला अस्पताल गोरखा र अन्य ३ जनालाई काठमाडौं पठाइएको खड्काले संसारन्युजलाई जानकारी दिएका छन् ।

 

वि.सं.२०७७ पुस १ बुधवार ०८:५३ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...