
१ पुष, काठमाडौं । काठमाण्डौंबाट गोरखाको सोती जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाईते भएका छन् ।
काठमाण्डौंबाट गोरखाको सोतीका लागि छुटेको ग १ ख ९४४६ नम्बरको बस गोरखाको भिमसेन थापा गाउँपालिका ३ को तान्द्राङ मुरली चोकमा अनियन्त्रित भइ दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका हुन् ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी जवान संकर खड्काका अनुसार उक्त बस दुर्घटनामा गम्भीर घाईते हुनेमा गोरखा धार्चे ६ का ५० वर्षीय सुरमान घले, भिमसेन थापा ३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय उज्जवल लामिछाने र मनोज पुडासैनी तथा धार्चे केरौँजाकी ३२ वर्षीया कान्छी गुरुङ रहेकी छन् ।
खड्काका अनुसार काठमाडौंबाट छट्दा बसभरी यात्रु भएपनि बाटोमा झर्दै गएकाले ३० जना बाँकी रहेका थिए । उनीहरुमा पाँच गम्भीर घाईते भएको र बाँकी सामान्य घाइतेको आरुघाट स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ ।
गम्भीर घाईते मध्ये कान्छी गुरुङ र मनोज पुडाशैनीलाई जिल्ला अस्पताल गोरखा र अन्य ३ जनालाई काठमाडौं पठाइएको खड्काले संसारन्युजलाई जानकारी दिएका छन् ।