back
CTIZAN AD

अध्यादेश प्रकरण : प्रचण्डलाई मनाउन ओली पक्षीय नेताहरुको दौडधुप

वि.सं.२०७७ पुस १ बुधवार

678 

shares

पुस १, काठमाडाैं।  संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारीपछि तिव्र असन्तुष्ट बनेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरु सक्रिय बनेका छन् । स्थायी समिति बैठकअघि सहमत गराउन उनीहरु सक्रिय बनेका हुन् ।

स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न बुधबार बिहानै खुमलटार पुगेका थिए । उनले प्रचण्डलाई अध्यादेशबारे अर्का अध्यक्षसँग छलफल गर्न आग्रह गरेको बुझिएको छ ।

यसअघि अध्यादेश जारी भएलगत्तै पनि सुवासचन्द्र नेम्वाङ्ग प्रचण्डलाई सोही आग्रह लिएर खुमलटार पुगेका थिए । तर, प्रचण्डले छिनोफानो बैठकबाटै हुने निष्कर्ष सुनाएको बुझिएको छ ।

स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले अध्यादेश खारेज गर्न निर्देशन दिने तयारी गरे लगत्तै ओली पक्षीय नेताहरुले प्रचण्डलाई मनाउन सक्रियता बढाएका हुन् । अध्यादेश जारी लगत्तै प्रचण्डसहितका नेताहरुको भेलाले अध्यादेश खारेज गर्न बैठकबाट निर्देशन दिने निष्कर्ष निकालेको थियो ।

नेकपाको स्थायी समिति बैठक अपरान्ह १ बजे बस्ने कार्यतालिका छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने यसअघिकै बैठकले तय गरेको थियो ।

वि.सं.२०७७ पुस १ बुधवार १२:४५ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...