back
CTIZAN AD

आजदेखि सानिमा बैंकको ऋणपत्र सार्वजनिक निष्कासनमा आउने

वि.सं.२०७७ पुस १ बुधवार

663 

shares

१ पुष, काठमाडौं । सानिमा बैंकले आज  (पुष १ गते ) देखि ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र खुल्ला गरेको छ। बैंकले वार्षिक ८.५० प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र विक्रि खुल्ला गरिएको बैंकले जनाएको छ । विक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बैकको उक्त ऋण्पत्र मध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्रि गर्नेछ भने बाँकी १६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधरणमा जारी गर्ने बैंकले जनाएको छ ।

सर्वसाधारणमा जारी गर्ने कुल कित्तामध्य ८० हजार कित्ता भने सामूहिक लगानीकोषका लागि छुट्याईएको छ । यसैगरि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको उक्त ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

ऋणपत्रका लागि तोकिएको ब्याजदर भने प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्घवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । बैंकको ऋणपत्र छिटोमा पुस ५ र ढिलोमा पुस १५ गतेसम्म विक्रीमा रहनेछ ।

 विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट यो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।

वि.सं.२०७७ पुस १ बुधवार १२:३२ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...