३ पुस, काठमाडौं । फिफा वर्ष खेलाडीको उपाधि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले जितेका छन् । लेवान्डोस्कीले स्टार खेलाडी लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ‘ द बेस्ट फिफा मेन्स् प्लेएर’ को उपाधि हात पारेका हुन् ।
पोलिस फरवार्ड लेवान्डोस्कीले गत सिजन ५५ गोल गर्दै बायर्नका लागि युरोपियन र घरेलु उपाधिहरु दिलाएका थिए । लेवान्डोस्कीले मेस्सीले र रोनाल्डोलाई पछि पार्दा विश्वभरिका राष्टिय टिमका कप्तान, कोच र सिमित पत्रकारहरुले भोट गरेका थिए । जसमा लेवान्डोस्कीले ५२,रोनाल्डोले ३८ र मेस्सीले ३५ भोट पाेएन्ट पाएका थिए ।
महिलातर्फको उपाधिभने इंग्ल्यान्डकी लुसी ब्रोन्ज ले ‘ द बेस्ट फिफा वमन्स् प्लेएर’अवार्ड जितिन् । उनले डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्डलाई पछि पार्दै उपाधि हात परिन ।
पुरुषतर्फ प्रशिक्षकको उपाधि ‘ द बेस्ट फिफा मेन्स् कोच’ लिभरपुलका योर्गेन क्लोपले जिते । उनीसँगै लिड्स युनाइटेडका मार्सेलो बिएल्सा र बायर्नका हान्स फ्लिक शीर्ष तीन मनोनयनमा परेका थिए ।
फिफा फिफ्प्रो पुरुष विश्व ११ मा पर्न सफल खेलाडीहरु,
एलिसन बेकर, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जील भान डाइक, सर्जियो रामोस, अल्फोन्सो डेभिस, जोशुआ किम्मिख, केभिन डे ब्रुएन, थियागो आलाकान्टारा, लिओनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो

वि.सं.२०७७ पुस ३ शुक्रवार १२:४५ मा प्रकाशित





























