३ पुस, म्याग्दी । ६ वर्षीया बालिकालाई जबरजस्ती गर्ने एक किशोर पक्राउ परेका छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका–५ पुलाचौर बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ पुस ३ शुक्रवार १२:४२ मा प्रकाशित






























