back
CTIZAN AD

पेनाल्टिमा चुके मेस्सी, बार्सिलोना बराबरीमा रोकियो

वि.सं.२०७७ पुस ५ आइतवार

639 

shares

५ पुस, काठमाडौं । बार्सिलोना अएराति भएको खेलमा भ्यालेन्सियासँग वरावरीमा रोकिएको छ । ला लिगको सुरुवात खराब लयबाट सुरुवात गरेको बार्सिलोनाले आफ्नो लय पाउन सकेको छैन ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा भ्यालेन्सियासँग २-२ को बराबरीमा खेल्दै अंक बाड्यो । खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीको गोलबाट पहिलो अग्रता लिएको थियो । पहिलो हाफकै इन्ज्युरी समयमा बार्सिलोनाले पेनाल्टि माउदा मेस्सी गोल गर्न चुकेका थिए तर उक्त रिफ्लेक्टेड बल जोर्डी अल्बाको पासमा मेस्सी गोल गर्न सफल बने ।

भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई हल्का धकेल्दा लडेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । विवादित पेनाल्टिका साथै रेफ्रीले गायालाई सुरुवातमा रातो कार्ड दिएका थिए । पछि भीएआर चेकगरि रातो कार्ड क्यान्सिल गरि पहेंलो कार्ड दिईएको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले ५३ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन दोस्रो हाफको ६९ औं मिनेटमा भ्यालेन्सियाका म्याक्सी गोमेजले गायाको क्रसमा  गोलगर्दै खेल वरावरी बनाएका थिए ।

भ्यालेन्सियासँग बराबरी खेलेसँगै बार्सिलोनाको १३ खेलमा ६ जित, ३ वरावरी र ४ हारका साथ २१ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा यथावत रहेको छ । शीर्षस्थानमा रहेको एटलेटिको म्याड्रिडको १२ खेलमा २९ अंक रहेको छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १०:०१ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...