५ पुष, काठमाडौँ । भारतलाई दोस्रो टेस्ट अगाडी ठुलो झट्का लागेको छ । भारतीय टिमका फास्ट बलर मोहम्मद शमी बाँकी ३ टेस्ट खेलबाट बाहिरिएका छन ।
भारत र अष्ट्रेलिया बिचको पहिलो टेस्टको तेस्रो दिनमा उनी ब्याटिङ्ग गर्ने क्रममा चोटिल भएका थिए । ब्याटिङ्ग गर्दा हातमा लागेको चोटको कारणले गर्दा उनी अष्ट्रेलिया विरुद्धको बाँकी टेस्ट खेलबाट बाहिरिएका छन । उनको स्थानमा भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले अहिलेसम्म अरु कुनै टिममा लिएको छैन ।
पहिलो टेस्टमा इतिहासकै खराब ब्याटिङ्ग गरेको भारत ८ विकेटले अष्ट्रेलियासँग परजित भएको थियो ।
भारतले अष्ट्रेलिया विरुद्ध डिसेम्बर २६ बाट सुरु हुने छ ।
वि.सं.२०७७ पुस ५ आइतवार १०:५४ मा प्रकाशित





























