काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नै सिफारिस बोकेर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।
संवैधानिक प्रावधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन हुनेछ ।
संसद विघटनको सिफारिस गरेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा
वि.सं.२०७७ पुस ५ आइतवार ११:२८ मा प्रकाशित





























