५ पुस, काठमाडौं । बायर्न म्युनिखले तालिकाको शीर्षस्थानमा रहेको बायर लिभरकुसनमाथि पुनरागम जित हाग पारेको छ । बायर्नका लागि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोलगर्दा जित हात पारेको होे ।
जितसँगै बायर्न बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । पहिलो हाफको १४औं मिनेटमा प्याट्रिक सेखको गोल गर्दै लिभरकुसनले खेलमा पहिलो अग्रगा लिएको थियो । पहिलो हाफकै ४३औं मिनेटमा थोमस मुलरको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा पुराएका थिए । दोस्रो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा योसुवा किम्मिखको पासमा लेवान्डोस्कीले दोस्रो गोल गर्दा बायर्नले पुनरागमन २–१ को जित हात पारेकाे हाे ।
जितसँगै बायर्नले १३ खेलबाट ३० अंक जोड्दै शीर्षस्थानमा उक्लेको छ । समान खेलबाटै दोस्रो र तेस्रो स्थानमा रहेको लिभरकुसन र आरबी लाइप्जिगको समान २८ अंक रहेको छ ।
वि.सं.२०७७ पुस ५ आइतवार ११:१७ मा प्रकाशित





























