काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार प्रचण्ड केहि बेर अघि बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राख्दै संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । ओलीले संसद विघटनको निर्णय लिएसँगै प्रचण्ड छलफलको लागि बालुवाटार पुगेका हुन् ।
सम्बन्धित समाचार
वि.सं.२०७७ पुस ५ आइतवार ११:१२ मा प्रकाशित





























