back
CTIZAN AD

रेडियो मेलम्चीको भवन निर्माण गर्न दुई लाख सहयोग

वि.सं.२०७७ पुस ५ आइतवार

648 

shares

५ पौष, मेलम्ची । रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले दुई लाख पाँच हजार उपलब्ध गराएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका– ६ का स्थायी बासिन्दा उनी हाल मेलम्चीमा विविध व्यवसायमा संलग्न छन् ।

समुदायको सक्रियतामा बनिरहेको सो भवन निर्माणका लागि हालसम्म १८६ जनाबाट १६ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भइसकेको छ । निर्वाचन क्षेत्र विकास कोष, मेलम्ची नगरपालिका, इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिका, ह्योल्मो समितिलगायतका संस्थाले भवनका लागि आर्थिक सहयोग उपलब्ध गराएको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए ।

अवस्था सामान्य रहेमा अबको दुई महिनाभित्र नयाँ भवनबाट प्रसारण थालिने पनि अध्यक्ष भारतीले बताएका छन्। सङ्ग्रहालय, पुस्तकालय, सूचना केन्द्रसमेत राखिने सो बहुद्देश्यीय भवन निर्माणका लागि करिब ७० लाख रुपैयाँ लाग्ने बताइएको छ । यसका लागि रकम अभाव भएको हुँदा विभिन्न पालिका, सङ्घसंस्था तथा सहयोगी, शुभचिन्तकलाई सहयोगका लागि आह्वान गरिएको छ । रासस

वि.सं.२०७७ पुस ५ आइतवार १४:१० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...