back
CTIZAN AD

सैनिक मुख्यालयमा प्रमुख सैनिक अधिकृतहरुको सुरक्षा बैठक

वि.सं.२०७७ पुस ५ आइतवार

651 

shares

५ पुष, काठमाडौँ । संसद् विघटन भए लगत्तै नेपाली सेनाले प्रमुख सैनिक अधिकृतहरु (पीएसओज) लाई बोलाएर सुरक्षा बैठक गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्बाट संसद विघटन गर्ने प्रस्ताव अघि बढाएसँगै नेपाली सेनाले आफ्नो मुख्यालय जंगी अड्डा भद्रकालीमा पीएसओजको बैठक बोलाए उक्त कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरुको विषयमा छलफल गरेको हो ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले आजै सबै प्रदेशका पृतनापतिहरुसँग भिडियो कन्फरेन्समार्फत हरेक प्रदेश र क्षेत्रको सुरक्षाको अवस्थाबारे जानकारी लिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

बैठकमा मुलुकको पछिल्लो घटना क्रम र उत्पन्न हुनसक्ने सुरक्षाको विषयमा छलफल भएको थियो । नेपाली सेनाको चासो सुरक्षासँग मात्र रहेको बताउँदै प्रवक्ता पौडेलले संवैधानिक र राजनीतिक विषयमा सेना निरपेक्ष रहने बताए ।

बैठक नियमित प्रक्रिया भएको जनाउँदै उनले भने,‘नयाँ घटनाक्रमबाट उपत्पन्न हुन सक्ने सुरक्षा चुनौती नै हाम्रो चासो हो । अन्य राजनीतिक र संवैधानिक कुराको विषयमा हाम्रो चासो भएन ।’

वि.सं.२०७७ पुस ५ आइतवार १५:३० मा प्रकाशित

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...