back
CTIZAN AD

अख्तियारको प्रमुखमा प्रेमकुमार राई सिफारिस

वि.सं.२०७७ पुस ५ आइतवार

903 

shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । जसबारेको पत्रका आइतबार संसद विघटनसँगै संसद सचिवालयमा पुगेको छ ।

संवैधानिक परिषदका सदस्यसमेत रहेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार मंसिर ३० मा बसेको परिषदको बैठकले उनलाई नियुक्तीको निर्णय गरेको हो । उनका अनुसार उक्त बैठकले सबै जसो संवैधानिक निकायमा नियुक्तीको निर्णय गरेको थियो ।

‘३० गतेकै बैठकले गरेको निर्णय हो, त्यसपछि बैठक बसेको छैन्’, तिमिल्सिनाले संसार न्यूजसँगको कुराकानीमा भने, ‘उक्त दिन सबैजसो रिक्त संवैधानिक निकायमा नियुक्तीको निर्णय भएको थियो ।’

उनका अनुसार जसबारेको निर्णय प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक नगरी राखेका थिए । ‘हामी निर्णय गरेर हिँड्यौं, अध्यक्षले त्यसलाई सार्वजनिक पछि गर्ने भनेर राख्नुभएको थियो होला, त्यैभर आज सार्वजनिक भएको हो’, उनले भने ।

अख्तियार प्रमुखमा सिफारिस भएका राई पूर्वसचिव हुन् । उनी झण्डै एक वर्षअघि सचिवबाट अवकास भएका थिए ।

वि.सं.२०७७ पुस ५ आइतवार १५:३८ मा प्रकाशित

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...