back
CTIZAN AD

डा. विष्णुमाया परियारद्वारा जन्मदिनका अवसरमा आफू पढेको विद्यालयको विद्यार्थीहरुलाई पोशाक वितरण

वि.सं.२०७७ पुस ६ सोमवार

882 

shares

६ पुष । हाल अमेरिकाको न्यूजर्सी राज्यमा बस्दै आएकी सामाजिक अभियन्ता डा. विष्णुमाया परियारले आफ्नो जन्मदिनको अवसरमा आफू पढेको बिद्यालयका बिद्यार्थीहरुलाई पोशाक वितरण गरेकी छिन् ।

डा विष्णुमायाले गोर्खाको शहिद लखन गॉंउपालिका वडा नं. ४, कोटगॉंउ स्थित श्री सिंजाली माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५० विधार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेकी हुन् ।

२०७७ साल पौष ५ का दिन एक कार्यक्रम गरी उक्त विद्यालयका १ सय ५० जना दलित, विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । डा परियारकी आमा कन माया परियारद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

उक्त बिद्यालयमा डा परियारले ७ कक्षासम्म अध्ययन गरेकी थिइन् । उनि कक्षाकी प्रथम बिधार्थी समेत रहेकी थिइन् ।

आफू अभावको परिथितिमा गुज्रिएकोले यस्तो अवस्थामा अरु कसैले पनि सामना गर्नु नपरोस भनि आफ्नो जन्म दिनमा पोशाक वितरण गर्न पाउदा हर्षको आँशु आएको बताईन ।

उक्त बिद्यालयका प्रधानाध्यापक बिएन श्रेष्ठले सामाजिक अभियन्ता परियारलाई धन्यबाद दिएका छन् ।

डा परियार एडवनकी संस्थापक अध्यक्ष पनि हुन । एड्वनले उक्त जिल्लामा २० औ हजार बिधार्थीहरुलाई यस्ता सहयोग गर्दै आएको छ ।

साथै उनि न्यूजर्सीको जर्सी शहरकी नगर प्रमुखकी सल्लाहकार पनि हुन् । उनि महिला सामाजिक कार्यकर्ता, अन्याय र अत्यचार विरुद्ध, विभेद र आवाजविहिनहरुको आवाजलाई वकालत गर्दै सयुक्त राष्ट्रसंघसम्म आवाज पुर्याउने एक सशक्त महिला अधिकारकर्मी हुन् ।

वि.सं.२०७७ पुस ६ सोमवार ०८:१५ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...