back
CTIZAN AD

ढोरपाटन महिला भलिबलमा रिड मोडलको अग्रता

वि.सं.२०७३ माघ ३ सोमवार

963 

shares

३ माघ,काठमाडौँ  । बाह्रौँ ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो लिगको खेल सम्पन्नसँगै रिड मोडल कलेजले अग्रता बनाएको छ ।

स्वयम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले आज राजधानीको गोङबु नयाँ बसपार्कको भलिबल ग्राउण्डमा भएका दुवै खेलमा सफलता हात पार्दै नौ खेलबाट २७ अङ्क जोडेको छ । आफ्नो अपराजित यात्रालाई कायम राख्दै रिड मोडलले नेपाल आर्मी र आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई समान ३–० को सोझो सेटमा हरायो ।

पहिलो खेलमा आयोजक ढोरपाटनलाई २५–४, २५–१६ र २५–१० तथा आर्मीलाई २५–११, २५–९ र २५–१६ को सेटमा पराजित ग¥यो । हारसँगै आर्मी र ढोरपाटन लिगको दोस्रो चरणमा प्रवेश गरेका छन् । आर्मी नौ खेलबाट १२ अङ्क जोड्दै छैटौँ स्थानमा रहँदै लिगको दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । त्यसैगरी, ढोरपाटन नौ खेलबाट आठ अङ्क जोड्दै सातौँ स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ ।

पहिलो लिगको अन्तिम खेलमा चिरप्रतिद्वन्द्वी न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बल (एपिएफ) नौ खेलबाट २४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहन सफल भएको छ । एपिएफले न्यू डायमन्डमाथि २५–२०, २५–१८ र २५–१२ को जित निकाल्यो । हारसँगै न्यू डायमन्ड नौ खेलबाट २१ अङ्कका साथ तेस्रो स्थान छ ।

आज नै भएको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लब रामेछापको चन्डेश्वरी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको चौथो स्थानमा रहन सफल भयो । पुलिसले चन्डेश्वरीलाई २५–८, २५–१७ र २५–११ को सेटमा पराजित ग¥यो । पुलिसले नौ खेलबाट १८ अङ्क जोडेको छ । पश्चिमाञ्चल टिम आफूले खेलेका नौ खेलमध्ये पाँचमा जित तथा चार खेलमा हार बेहोर्दै १५ अङ्कका साथ पाँचौ स्थानमा छ ।

आठौँ स्थानमा रहेको चन्डेश्वरी, नवौँ स्थान हासिल गर्न सफल न्यु डायमन्ड स्पोर्टस् क्लब र अन्तिम स्थानमा रहेको विजेश्वरी ज्ञान मन्दिर स्कुल पहिलो चरणको लिगबाटै बाहिरिएका छन् ।

वि.सं.२०७३ माघ ३ सोमवार १४:३८ मा प्रकाशित

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...