back
CTIZAN AD

भारतमा कोरोनाभाइरस खोप जनवरीदेखि सुरु

वि.सं.२०७७ पुस ६ सोमवार

594 

shares

६ पुष । भारतले जनवरीदेखि कोभिड १९ विरुद्धको खोप दिन सुरु गर्ने भएको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सबैलाई सर्तक रहन भनिएकै बेला स्वास्थ्य मन्त्री डा हर्षवर्धनले जनवरीको कुनै पनि हप्ताबाट खोप दिन सुरु गरिने जानकारी गराएका हुन् । स्वास्थ्य मन्त्री हर्षवर्धनका अनुसार जनवरीको कुनै पनि हप्तामा भारत कोरोना खोप दिने अवस्थामा हुनेछ।

मन्त्री हर्षवर्धनले सरकारको पहिलो प्राथमिकता खोपको सुरक्षा र प्रभावकारिता भएको जनाउँदै सरकारले खोपका सन्दर्भमा कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।

भारतमा तीन कम्पनीको खोप ल्याउने चर्चा छ । खोप आएसँगै सुरुवाती चरणमा कसकसलाई लगाउने भन्ने बारे केन्द्रीय स्वास्थ्य मन्त्रालयले राष्ट्रिय भ्याक्सिन विज्ञको सिफारिसको आधारमा ३० करोड भारतीयलाई ३ चरणमा बाँडेको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी समूहः यसमा स्वास्थ्य सेवासँग जोडिएका एक करोड कर्मचारी सामेल हुने छन् । दोस्रो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने केन्द्र तथा प्रदेशमा कार्यरत पुलिस, सैनिक, आपतकालिन सेवामा जोडिएका २ करोड कर्मचारी र तेस्रो चरणमा ५० वर्ष माथिका २७ करोड नागरिक र गम्भिर रोगबाट पीडितहरुलाई जसलाई कोरोनाको बढी प्रभाव हुन्छ उनीहरुलाई प्राथमिकता दिने बताइएको छ ।

 

वि.सं.२०७७ पुस ६ सोमवार १७:१५ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...