६ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री (पीएम) कप प्रतियोगिता यही पुस ११ गतेदेखि गर्ने तयारी थालेको छ । प्रतियोगिता गर्नको लागि क्यानले जिल्ला र प्रदेश क्रिकेट संघलाई छनोट प्रतियोगिता सुरुगर्न पत्राचार गरेको थियो ।
हालसम्म कुन मितिमा प्रतियोगिता गर्नेतय नभएपनि क्यानले प्रतियोगिताको तयारीमा लाग्न भनेको छ । अहिले धमाधम जिल्ला र प्रदेश स्तरको छनोट प्रतियोगिताहरु भइरहेको छ । यसकै तयारी स्वरुप लुम्बिनी प्रदेशले आफ्नो महिला टिम तयार पारेको छभने प्रदेश २ को पनि अन्तिम चरणमा छ ।
महिलाको राष्ट्रिय प्रतियोगिता यही पुरुष ११ गतेदेखि नै गर्ने क्यानको तयारी छ । तर पुरुष प्रतियोगिता भने त्यो मितिमा नहुने लगभग पक्का छ । महिलाको प्रतियोगितामा दाङमा हुनेछ ।
वि.सं.२०७७ पुस ६ सोमवार १७:०५ मा प्रकाशित


























