back
CTIZAN AD

संसदीय दलकाे नेतामा निर्वाचित प्रचण्डले भने – संसदलाई पुनर्स्थापित गर्दै नयाँ सरकार गठन गर्छौैं

वि.सं.२०७७ पुस ८ बुधवार

681 

shares

पुस ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदलाई पुनर्स्थापित गरेरै छाड्ने बताएका छन् । बुधबार आफुँ पक्षीय संसदीय दलको बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

‘‘संसदीय दलले मलाई दल नेताको रुपमा सर्वसम्मतीले चयन गरेको छ, मैंले निकै ठूलो चुनौतिको समयमा यो जिम्मेवारी पाएको छु’, पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने, ‘संसदलाई जिवित तुल्याउनु र राष्ट्र र जनताको अपेक्षाअनुसारको काम गर्ने गरि नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ ।’

उनले संसद पुनस्र्थापना र सरकार गठनका लागि मुद्दा मिल्ने अन्य दलसँग पनि सहकार्य गर्ने बताए ।

बुधबार बसेको प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेताको रुपमा सर्वसम्मत चयन गरेको थियो । यसअघि एकिकृत दलको नेताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । तर, मंगलबार बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समितिको बैठकले ओलीलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो ।

मंगलबारको केन्द्रीय समिति बैठकले ओलीलाई हटाउँदै नयाँ नेता चयन गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बैठक बसेको हो ।

आज बसेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा ११५ जना सांसदको उपस्थिति थियो । जसमध्ये ९३ सांसद प्रतिनिधि सभाका रहेको उक्त पक्षले बताएको छ ।

वि.सं.२०७७ पुस ८ बुधवार १५:४९ मा प्रकाशित

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...