back
CTIZAN AD

यस वर्ष व्याँसमा फलेन स्याउ

वि.सं.२०७७ पुस ८ बुधवार

597 

shares

 

८ पौष, दार्चुला । राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०/४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक/’दुई क्विन्टल पनि मुस्किलले फलेन । यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि किसान भने निराश भएका छन् ।

स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ । धेरैजसो स्याउका बोटमा छिटपुट मात्रै फल लागेको स्थानीय किसान जितसिंह बोहराले बताए। गाउँपालिकाका स्याउखेती गर्ने किसान बोहराका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचामा भएको स्याउका रुखमा फल छैनन् । उनले भने, “स्याउ फुल्ने बेलामा तुषारो तथा फल लाग्ने बेला असिना परेपछि राम्रो उत्पादन भएन ।”

स्याउ बिक्री गरेर गुजारा चलाउने बोहरा यस वर्ष उत्पादनमा कमी आएकाले चिन्तित छन् । उनले भने, ‘‘विगतमा छाङ्गरुको स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गथ्र्यौं, यो पटक आफूलाई खान पनि पुगेन ।’’ उनको बारीमा यो वर्ष जम्मा २५० बोटमा मात्रै केही स्याउ फलेको छ । केही समयअघि परेको असिनापानीले पनि नोक्सान भएको उनले बताए । यो वर्ष १०÷१२ क्विन्टल स्याउ उत्पादन हुने आशा गरेका उनको बारीमा दुई क्विन्टलको हाराहारीमा स्याउ फलेको छ ।

जिल्लाका व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउखेती हुने गर्दछ । यो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ क्षेत्र कार्यक्रमसमेत लागू गरिएको छ । रासस

वि.सं.२०७७ पुस ८ बुधवार १५:३७ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...