back
CTIZAN AD

ओलीज् ‘सरप्राइज’

वि.सं.२०७७ पुस ८ बुधवार

618 

shares

प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक सरप्राइज दिए, त्यो सरप्राइज हो– प्रतिनिधि सभा बिघटन ।

सरकार बिरुद्ध असहयोग, गुटबन्दी र घेराबन्दी भएपछि बाध्य भएर संसद बिघटनको बाटो समात्नु परेको ओलीको भनाई छ । संसद बिघटन बारे प्रष्ट पार्न आइतबारअपरान्ह देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले जनादेश विपरीत बार्गेनिङ गर्ने, विसंगत गतिविधि गर्ने र पद प्रतिष्ठा एवम् दीवास्वप्न मात्र पूरा गर्न खोज्नेहरुको घेराबन्दीमा सरकार परेको दावी गरे ।

उनले सरकारले दूरगामी महत्वको काम गरेको र मुलुकको हितमा धेरै अहम सवालको कार्य गरेको दाबी गर्दै विपक्षी दललाई पनि उछिनेर पार्टी भित्रैबाट बिरोध सुरु भएपछि आफुसँग नयाँ जनादेश भन्दा अर्को विकल्प नरहेको प्रष्ट पारे ।

ओलीको यो कदमलाई लिएर राजनीतिक सरगर्मी बढेको छ । ओलीको यो कदमलाई लिएर मिश्रित प्रतिक्रिया आउन थालेका छन् भने बिरोध र समर्थनमा सडक तातिन समेत सुरु भएको छ । साथै जिम्मेवार दलका जिम्मेवार नेताहरु धारणा र रणनीति तय गर्न व्यस्त छन् ।

पार्टी भित्र पनि ओलीको आलोचना र समर्थन दुवै देखिएका छन् । पार्टी भित्र राष्ट्रघाती कदम भन्दै बिरोध भएको छ भने केहिले ओलीले अन्तिम विकल्प प्रयोग गरे भन्ने पनि छ । साँचो अर्थमा पार्टी एकता नभएको, पद र शक्तिकै चंगुलमा पार्टीका शीर्ष नेता उद्दत देखिएकाले एकता भन्दा पद ठूलो भन्नेहरुका कारण कम्युनिष्ट पार्टी र उसको सरकार नेपालमा कमजोर बनेको अन्तराष्ट्रिय बिश्लेषण आउन थालेका छन् ।

प्रधानमन्त्री ओली पार्टी बिपरित चलेको, एकलौटी सरकार चलाउन खोजेको भन्दै नेकपा भित्र ओलीको चरम बिरोध भएको थियो । तर यता विभिन्न समयमा ओली सरकारलाई कमजोर बनाउन नेकपाकै नेताहरु लागेको आरोप ओली पक्षले लगाउने गरेको थियो । ‘यहाँ प्रतिपक्षी दल कमजोर ढंगबाट प्रस्तुत भईरहँदा नेकपाकै नेताहरु गत्तिलो प्रतिपक्षीका रुपमा देखा पर्दा पार्टी भित्र संकट पैदा भएको नेकपाबाट सांसद बनेका एक केन्द्रीय नेताले बताए ।

अर्का सांसदले अहिले कुन पक्षमा लाग्ने भनेर देखिनु भन्दा पनि पार्टी एकता जोगाउनु मुख्य चुनौति रहेको बताउँदै नाम उल्लेख नगर्ने शर्तमा ओलीको जिद्धी स्वाभावले पार्टीमा समस्या देखिएको बताए । उनले शीर्ष नेतामा पदको चरम महत्वकाक्षाले कम्युनिष्ट पार्टीलाई ठूलो धक्का लागेको टिप्पणी गरे । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गरेकी छन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद बिघटन गरेको जानकारी दिएको छ । साथै, आगामी बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तय गरिएको छ ।

वि.सं.२०७७ पुस ८ बुधवार १८:४७ मा प्रकाशित

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...