back
CTIZAN AD

विराट कोहलीलाई पछि पादैँ २०२० मा सर्वाधिक कमाई गर्ने खेलाडी बने जसप्रित बुमराह, कति कमाए त २०२० मा ?

वि.सं.२०७७ पुस १२ आइतवार

660 

shares

१२ पुष, काठमाडौँ । २०२० मा भारतीय क्रिकेट र्बोड (बिसीसीआई) बाट सबै भन्दा बढि तलब पाउने क्रिकेटरको सुचिमा जसप्रीत बुमराह पहिलो स्थानमा आएका छन । सबै भन्दा बढि तलब पाउने खेलाडीको सुचिमा उनले भारतीय टिमका कप्तान विराट कोहली पछि पारेका हुन ।

२०२० मा ४ टेस्ट, ९ एकदिवसीय र ८ टि-२० अन्तराष्ट्रिय खेल खेलेका जसप्रीत बुमराहले बिसीसीआईबाट तलबका रुपमा १ करोड ३८ लाख कमाई गरेका छन । त्यसैगरि २०२० मा ३ टेस्ट, ९ एकदिवसीय र १० टि-२० अन्तराष्ट्रिय खेल खेलेका भारतीय टिमका कप्तान विराट कोहलीले बिसीसीआईबाट तलबका रुपमा १ करोड २९ लाख कमाई गरेका छन ।

भारतीय टिमका अलराउण्डर रविन्द्र जडेजा २०२० मा सर्वाधिक कमाई गर्ने खेलाडीको सुचिको तेस्रो स्थानमा आएका छन । उनले तलबका रुपमा बिसीसीआईबाट ९० लाख प्राप्त गरेका छन ।

भारतीय टिमका उपकप्तान रोहित शर्मा भने शिर्ष ५ मा पर्न असफल भएका छन । चोटको कारणले गर्दा उनले २०२० मा भारतका लागि ३ एकदिवसीय र ४ टि-२० खेल मात्र खेल्ने मौका पाएका थिए ।

रोहित शर्मा भन्दा रिषभ पंत र अजिंक्य राहणेले २०२० मा बढि कमाई गरेका छन । अजिंक्य राहणेले २०२० मा ४ टेस्ट खेलबाट ७० लाख कमाई गरेका छन भने रिषभ पंतले ३ टेस्ट, १ एकदिवसीय र २ टि-२० अन्तराष्ट्रिय खेलबाट ५७ लाख कमाई गरेका छन ।

वि.सं.२०७७ पुस १२ आइतवार ११:५९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...