back
CTIZAN AD

सुन कर्जा सम्बन्धमा नकारात्मक प्रभाव पर्ने भ्रामक समाचारहरु सम्प्रेषण भएकाेप्रति बैंकको गम्भिर ध्यानाकर्षण

वि.सं.२०७७ पुस १२ आइतवार

708 

shares

१२ पौष, काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबार (पुस १० गते  )विज्ञप्ति जारी गर्दै बैंकको कुमारीपाटी शाखावाट प्रवाह भएको सुन कर्जा सम्बन्धमा हाल विभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकको उक्त विज्ञप्ति अनुसार बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुकाबिचमा बरबुझारथको कार्य हुँदा बिभिन्न सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्वन्धमा तत्कालिन सुनजांचकीले सम्पूर्ण जिम्मेबारी लिंदै बैंक समक्ष निवेदन दिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गरेको बैंकले जनाएको छ ।

बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुनजांचकी र सुन धितोराखीकर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुनगएको तथ्य छानविन प्रतिवेदनबाट देखिएकोले यस बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर गरी पाउन प्रहरी प्रधानकार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई उक्त ब्यूरोबाट सत्य तथ्यको बारेमा छानविन भई रहेको बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छानवीन प्रकरण अनुसन्धानको क्रममा नै रहेको हुँदा अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी बिभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा यस बैंकमा कार्यरत कर्मचारीहरु तथा पूर्ब कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु संम्प्रेषण भइरहेकोमा यसप्रकारको गलत समाचारहरु सम्प्रेषण भएकोप्रति दुःख ब्यक्त गर्दै निष्पक्ष अनुसन्धान तथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसिमका कुनैपनि तथ्य विपरितका भ्रामक समाचार प्रकाशन र प्रसारण नगरी दिन अनुरोध गरेका छन्।

बैंकको निक्षेकर्ता तथा शेयरधनी महानुभाबहरुको हकहितलाई ध्यानमा राखी बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिई छानबिन गर्न अनुरोध गरेका छन्।

सोही बमोजिम नै ब्यूरोबाट छानबिन प्रकृया शुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संपे्रषण नगरि दिन सम्बन्धित सबैलाई महालक्ष्मी विकास बैक प्रेसविज्ञप्ती मार्फत हार्दिक अपिल समेत गरेका छन्।

 

वि.सं.२०७७ पुस १२ आइतवार १२:०८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...