back
CTIZAN AD

निर्वाचन खर्च पहिलाको तुलनामा अझै बढ्ने

वि.सं.२०७७ पुस १२ आइतवार

873 

shares

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गतसाता संसद विघटन गरि चुनावको सिफारिस गरेका थिए । उनले गरेको सिफारिसमा राष्ट्रपतिले उक्त दिननै आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेकी थिइन ।

बैशाखमा घोषणा गरिएको निर्बाचन गत निर्बाचनहरु भन्दा खर्चिलो हुने निर्वाचन आयोगले प्रक्षेपण गरेको छ । यसको प्रमुख कारणको रुपमा आयोगले विश्वव्यापि रुपमानै असर पारेको कोरोना भाइरस (कोभिड-१९) रहेको छ ।

राष्ट्रपति द्धारा निर्वाचनको घोषणा भएपछि निर्वाचनको प्रारम्भिक तयारीमा लागेको आयोगले आवश्यक बजेटको तयारी थालेको छ । एद्यपि निर्वाचन हुने नहुनेमा भने अझै अन्योलको अवस्थानै रहेको छ । संसद विघटन विरुद्धमा हाल सर्बोच्च  अदालतमा १३ रिट परेका छन् । रिट उपर संबैधानिक इजलास मार्फत छलफल अघि बढि सकेपनि अन्तिम निष्कर्ष भने आएको छैन ।

निर्वाचन आयोगका अनुसार कोरोनाका कारण बजार मूल्य बढेको र कोरोना बाट बच्नको लागि थप सुरक्षा सामाग्रीहरुको आवश्यकता पर्ने हुदा बजेटको आकार बढ्ने छ ।

यसअघिको दुईतह (प्रदेश सभा र प्रतिनिधि सभा) को निर्वाचनमाका लागि ७ अर्ब ७५ करोड ९५ लाख रुपयाँ खर्च भएकोमा यो चुनाव भएमा खर्चको आकार बढ्ने आयोगको प्रक्षेपण छ ।

वि.सं.२०७७ पुस १२ आइतवार १३:११ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...