back
CTIZAN AD

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख सतासी हजारभन्दा बढी

वि.सं.२०७७ पुस १२ आइतवार

642 

shares

१२ पुस, नँयादिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या आइतबारसम्म एक करोड एक लाख ८७ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ७३२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख ८७ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक कोभिड १९ को सङ्क्रमित २० हजार भन्दा कम देखिएको हो ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ६२२ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ६१ हजार ५३८ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा दुई लाख ७८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

भारतमा महाराष्ट्रमा ५९ हजार २२३ र केरलामा ६३ हजार ९२७ सक्रिय सङ्क्रमित रहेका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा ६ हजार ९११ जनामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका र ६ लाख ४ हजार ७४६ कोरोना मुक्त भएका छन् । भारतमा कोभिड–१९ शुरु भए यता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४३७ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १६ करोड ८१ लाख २ हजार ६५७ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतमा शनिबार एक दिनमा ९ लाख ४३ हजार ३६८ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका थिए ।
रासस

वि.सं.२०७७ पुस १२ आइतवार १३:१२ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...