back
CTIZAN AD

नदी नियन्त्रणमा जुट्दै खैरहनी नगरपालिका

वि.सं.२०७७ पुस १४ मंगलवार

624 

shares

१४ पुष, चितवन । बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो ।

नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा मात्रै यस वर्ष रु सात करोडभन्दा बढी खर्च गरिँदैछ । स्वीस सरकारको पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम र खैरहनी नगरपालिकाको संयुक्त लगानीमा निर्माणको काम थालिएको हो ।

राप्ती नदीमा स्पर निर्माण भइरहेको छ भने अन्य खोलामा तटबन्धनको काम थालिएको प्रमुख चौधरीले जानकारी दिए । खैरहनी वडा नं ७ र ९ को वैरहनी दक्षिण सिमाना भएर बगेको पम्फाखोलामा रु एक करोड ८० लाख बराबरको तटबन्धनको काम भइरहेको छ । त्यस्तै बूढीराप्ती खोलाको गौचरनमा रु ८० लाख बराबरको काम भइरहेको छ ।

बूढीराप्ती खोलाकै फसेर्नीमा रु ६० लाख, लदराखोलामा रु ३९ लाख र लदराखोला होलिल्याण्ड जाने बाटोमा रु ८० लाख बराबरको तटबन्धनको काम भइरहेको छ । राप्ती नदीमा चार स्पर निर्माणको काम थालिएको छ । त्यसका लागि झण्डै रु दुई करोड खर्च लाग्ने चौधरीको भनाइ छ । अन्य सानातिना तटबन्धनका काम पनि भइरहेका छन् ।

नदी तथा खोलाले कटान गरेर खेतीयोग्य जमिन क्षति हुने भएकाले ती खेतीयोग्य जमिनलाई जीविकोपार्जनसँग जोडेर तटबन्धनको काम गरिएको उनले बताए । पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम अहिले दोस्रो चरणमा सञ्चालन भइरहेको छ ।

सो परियोजनाअन्तर्गत पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रमको ६० प्रतिशत, खैरहनी नगरपालिकाको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत साझेदारीमा काम भइरहेको छ । यो कार्यक्रमले खेतीयोग्य जमिन संरक्षणमा मद्दत पुगेको चौधरीले बताए ।
रासस

वि.सं.२०७७ पुस १४ मंगलवार १०:५१ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...