back
CTIZAN AD

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

वि.सं.२०७७ पुस १४ मंगलवार

624 

shares

१४ पुष, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

अक्सिजन प्लाण्ट र अक्सिजन भर्ने बुस्टर मेसिन खरिद गरेर जडान गरेसँगै जिल्लामै अक्सिजन उत्पादन र अक्सिजन भर्ने सेवा शुरु गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । प्लाण्ट स्थापनाको लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको रु ७५ लाख बजेटमध्ये बोलपत्रमार्फत रु ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो । त्यसैगरी केन्द्रको भवनलगायतको पूर्वाधार निर्माणमा मन्त्रालयबाटै रु पाँच लाख बजेट उपलब्ध भएको र अक्सिजन भर्ने बुस्टर मेसिन उपकरण खरिदमा रु १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले बताए । बुस्टर खरिदमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा रघुगङ्गा गाउँपालिकामा विनियोजन भई खर्च हुन नसकेको करिब १४ लाख बजेटलाई परिचालन गरिएको र अपुग रकम अस्पतालले थप गरेको जनाइएको छ ।

उत्पादित अक्सिजनलाई तत्काललाई सिलिण्डरमार्फत भर्ने र प्रयोग गर्ने गरिए पनि केही महिनाभित्रमा अस्पतालको आवश्यक पर्ने कोठामा सोझै पाइपलाइनमार्फत पु¥याउने तयारी गरिएको अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताए । अस्पतालका अनुसार, पाइपलाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस वर्ष रु १० लाख बजेट विनियोजन भएको छ ।

अक्सिजन उत्पादन केन्द्र र भर्ने सुविधा विस्तार भएसँगै नियमित रुपमा अक्सिजन प्रयोग गर्दै आएका स्वाशप्रश्वास, दमका बिरामीसँगै जटिल रोगका बिरामीको उपचार सहज हुने डा कँडेलले जानकारी दिए । म्याग्दीमा अहिलेसम्म पोखराबाट अक्सिजन सिलिण्डर ल्याउने गरिएको थियो । अस्पतालमा जडान गरिएको सो प्लान्टमा अस्पताललाई आवश्यक भन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् । दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाइएको छ । अस्पतालमा रहेको सघनउपचार कक्षसमेत ‘एसी’ र ‘भेन्टिलेटर’ का उपकरण थप गर्ने तयारी भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रममा खर्च हुन बाँकी रहेको रु ३० लाख बजेट धौलागिरि गाउँपालिकाले अस्पतालमा उपकरण थप गर्न सहमति दिएकाले आवश्यक प्रक्रिया अगाडि बढाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार १६:०६ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...