back
CTIZAN AD

चारदिने नेपाल भ्रमण सकेर चीन फर्कियो चिनियाँ कम्युनिष्ट पार्टीको टोली

वि.सं.२०७७ पुस १५ बुधवार

594 

shares

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादका बिच नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली बुधबार चीन फर्किएको छ ।

चारदिने नेपाल भ्रमणका लागि एयर चाइनाको विमान चार्टड गरेर नेपाल आएको सो टोली हिमालयन एयरलाईन्सको नियमित उडानबाट चीन स्वदेश फर्किएको बताइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाग उपमन्त्री कुओ यैचौको नेतृत्वमा आइतबार नेपाल आएको चार सदस्यीय उक्त टोलीले नेपालमा रहँदा राजनीतिक भेट गरेका थियो ।

भेटका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, सोहि पार्टीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।

नेकपामा देखिएको फुट लगत्तै एकताको शुभेच्छा बोकेर नेपाल आएको बताइएको उक्त टोलीका विषयमा विभिन्न विश्लेषण गरिएका छन् । केहीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको भनेका छन् भने केहीले नेकपासँगको भाइचारासँगको सम्बन्धमा ऐक्यबद्धता प्रकट गर्न आएको बताइएको छ । चिनियाँहरु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नभइ विदेशीहरुको बढ्दो हस्तक्षेप अध्ययन गर्न नेपाल आएको चिनियाँ श्रोतले बताएको छ ।  कोरोना महामारीका बिचमा नेपाल आएको उक्त टोलीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको थियो ।

वि.सं.२०७७ पुस १५ बुधवार १२:४७ मा प्रकाशित

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...