back
CTIZAN AD

नाइजेरियामा सुरक्षा कारबाहीका क्रममा नौ जनाको मृत्यु

वि.सं.२०७७ पुस १५ बुधवार

555 

shares

१५ पुस, अबुजा । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ ।
उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छैन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ ।

यहाँका अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन भएका बताइएको थियो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरु मारिएको जानकारी यहाँका अधिकारीहरुले मंगलबार जानकारी गराएका थिए ।

उक्त शहरमा रातिको समयमा बन्दुकधारीहरु लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरुलाई नै लक्ष्य गरेर प्रहरीले सो सुरक्षा कारबाही चलाएको थियो । अबुजा शहर यहाँको कादुना राज्यमा पर्दछ । सो कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरुको पहिचानको खोजी भएको जानकारी दिए ।

ती लुटेराहरुको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरुमा एम्बुस थापेर प्रहरी बसेको थियो । सो एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरुको पनि बस्ती रहेकोले उनीहरुको खोजीका लागि पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्ने गरिएको छ ।
रासस

वि.सं.२०७७ पुस १५ बुधवार १३:०८ मा प्रकाशित

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...