१५ पुस, काठमाडौं । भारतले ७ जनवरीसम्मका लागि युकेबाट आउने विमानमा रोक लगाएको छ । भारतमा नयाँ प्रकारको कोरोना भाइरसबाट २० जना संक्रमित भएसँगै युकेबाट आउने र त्यहाँका लागि उड्ने विमानमा ७ जनवरीसम्मका लागि रोक लगाएको हो ।
भारतमा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकोले केन्द्र सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।
भारतको नागरिक उड्डन मन्त्री हरदीप सिंहलले ट्विटमार्फत् यस्तो जानकारी दिएका हुन् । उनका अनुसार युकेबाट भारत आउने तथा त्यहाँ जाने सबै उडानमा अस्थायी रोकको बढाउने निर्णय गरिएको हो । यसभन्दा पहिले ३१ डिसेम्बर सम्मका लागि उडानमा रोक लगाएको भारतले ७ दिन थप रोक लगाउने निर्णय गरेको हो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा नयाँ प्रकारको कोरोनाबाट २० जना संक्रमित भएका छन् । त्यहाँ मंगलबार मात्रै ६ जना संक्रमित भेटिएका हुन् । उनीहरु सबै ब्रिटेनबाट आएको बताइएको छ ।
Decision has been taken to extend the temporary suspension of flights to & from the UK till 7 January 2021.
Thereafter strictly regulated resumption will take place for which details will be announced shortly.
— Hardeep Singh Puri (@HardeepSPuri) December 30, 2020
वि.सं.२०७७ पुस १५ बुधवार १३:१३ मा प्रकाशित






























