१५ पौष, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३४ औं वार्षिक साधारणसभा माघ ८ गते बोलाएको छ ।
बैंकको पौष १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा बिहीबार बिहान १० बजे आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा डाकेको हो । सो सभामा भिडियो कन्फरेन्सको माध्यमबाट पनि सहभागि हुन सकिने बैंकले जनाएको छ।
सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ५.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २२ गतेदेखि साधारण सभा सम्पन्न नभए सम्मका शेयर दाखिल खारेज दर्ता बन्द (बुकक्लोज )गर्नेछ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा करोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
वि.सं.२०७७ पुस १५ बुधवार १३:१३ मा प्रकाशित






























