back
CTIZAN AD

नेप्सेमा नयाँ रेकर्ड, निर्जीवन बीमा समुह बाहेक सबैमा हरीयाली

वि.सं.२०७७ पुस १६ बिहीवार

678 

shares

१६ पुस, काठमाडौं । साताको अन्तिम दिन बुधबार नेप्सेले नयाँ रकर्ड कायम राखेको छ । नेप्सेले मंसिर १७ गते बनाएको २०७१.०३ अंकको रेकर्ड तोड्दै २०८७.२७ बिन्दुको नयाँ रेकर्ड बनाएको छ । त्यस्तै ठुला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभपनि ७.४ अंकले बढेर ३९८.७० विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा समुह बाहेक सबैमा हरीयाली छाएको छ । आज सबैभन्दा बढी व्यापार समुहका लगानिकर्ताहरुले कमाएका छन् । उनीहरुले १८७.७३ अंकले कमाएका छन् ।

आज कुल सुचिकृतमध्ये २०७ कम्पनीको ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच भएको छभने तिनको कारोबरमा ५० हजार ३८६ पटक लेनदेन भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३०.५७, टे«डिङ १८७.७३, विकास बैंक १४.३१, जीवन बीमाको उपसूचक १७२.७१ अंकले बढेको छभने कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ ।

डिस्टिलरीको ४६ करोड ८८ लाख १८ हजार ९१७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोष रहेको छ । बजारले नयाँ रेकर्ड राख्दा साल्ट टे«किङको कारोबारमा  सकारात्मक सर्किट लागेको छ ।

Market Summary
Total Turnover Rs: 5,703,469,837
Total Traded Shares 11,464,200
Total Transactions 50,386
Total Scrips Traded 207
Total Market Capitalization Rs. 2,808,748.45 Millions
Floated Market Capitalization Rs. 966,965.19 Millions

 

Market Information
Index Current Points Change %Change
NEPSE 2,087.27 25.21 1.22
Sensitive 398.70 7.4 1.89 
Float 141.92 1.73 1.23 
Sen. Float 127.90 2.36 1.88
Sub-Indices Current Points Change %Change
Banking 1,585.22 30.57 1.97
Trading 2,299.10 187.73 8.89 
Hotels 1,884.13 1.31 0.07  
Development Bank 2,129.45 14.31 0.68
HydroPower 1,582.69 4.8 0.3
Finance 869.43 4.29 0.5  
Non Life Insurance 9,440.04 96.43 1.01  
Manu.& Pro. 5,446.25 2.45 0.05 
Others 1,671.92 23.89 1.45
Microfinance 3,285.83 0.18 0.01  
Life Insurance 13,471.54 172.71 1.3
Mutual Fund 11.51 0 0.01 

वि.सं.२०७७ पुस १६ बिहीवार १६:०४ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...