back
CTIZAN AD

माल्दिभ्सले एस्ट्राजेनेकाको खोप लिने, नागरिकलाई निःशुल्क

वि.सं.२०७७ पुस १८ शनिवार

657 

shares

१८ पुस, माल्दिभ्स । मालदिभ्सले एस्ट्राजेनेका सिंगापुर र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको कोभिड–१९ विरूद्धको खोप खरीद प्रक्रियाको सम्झौतामा हस्ताक्षर गरेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

माल्दिभ्सको अर्थ मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, “अत्यधिक माग रहेको खोप लिनका लागि सार्वजनिक वित्त नियमावलीको प्रावधानलाई निलम्बन गरी खोप खरिद प्रक्रियालाई अघि बढाइनेछ ।

अर्थमन्त्री इब्राहिम आमिरलाई उद्धृत गरी भनिएको छ, “स्वास्थ्य मन्त्रालयको वित्त कार्यकारीको परामर्शमा खोपको खर्चलाई आन्तरिक अडिट गर्नेगरी प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।

राष्ट्रपति इब्राहिम सोलिहले यस पहिले नै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने वाचा गरेका थिए । आपतकालिन स्वास्थ्य सेवा सञ्चालन केन्द्र (एचओओसी)ले कोभिड–१९ को खोप सन् २०२१ को पहिलो त्रैमासिकमा दिन थाल्ने गरी काम हुने बताएको छ ।

माल्दिभ्स विकासोन्मुख देशलाई खोप प्रदान गर्न विश्व स्वास्थ्य संगठन को कोभ्याक्स कार्यक्रमको एक आवेदक पनि हो । (रासस÷सिन्ह्वा)

वि.सं.२०७७ पुस १८ शनिवार ०८:५५ मा प्रकाशित

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...