
प्रेमिल धरातलमा कोही आफ्नो बनाउनु मन थियो
जिन्दगीको हरेक पाइला सँगै चलाउनु मन थियो
आँखाबाट आँशु खस्न दिन्न वचन दिन्छु बरु म
यात्रामा कतै ठोकर खाँदा हात समाउनु मन थियो
अनेकौ सम्झना र कल्पनाहरुले क्रान्ति मचाउछ
एकदिन वास्तविक सुम्पि चलचित्र हटाउनु मन थियो
आफन्तहरुको हुलमा अचेल ठाउँ पाउँन गाह्रो छ
यदि हरेक म भए मनमा आफ्नोपन जगाउनु मन थियो
सँधै सँगै हिड्नु भन्छ काल पनि एकक्षण छोड्दैन
यदि म कालको साथी भएको भए फकाउनु मन थियो ।।
वि.सं.२०७७ पुस १८ शनिवार ०९:०३ मा प्रकाशित





























