१८ पौष, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हाकिम चौक चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।
यसअघि दाङको घोराही स्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप(महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
वि.सं.२०७७ पुस १८ शनिवार १०:२१ मा प्रकाशित






























