
भरोसा छैन रात पछि दिन हुन्छ
पद पाएपछि चरित्र हिन हुन्छ।
खोस्री खनी खान लगायो किसानीले
बुर्जुवा चालले मैं माथि ऋण हुन्छ ।
के जादु गर्यौ र ! सत्तामा बसे पनि
मेरै छानो पो राति रुने टिन हुन्छ ।
चलखेल हुने नै हो सत्ता र भत्ताको
इतिहास हेर ! आफै एकिन हुन्छ ।
आउँदैछौ रे मेरै घरको दोबाटो
नआउँनु नाम लिन नि घिन हुन्छ ।
हाल-मिजौरी, अमेरिका
वि.सं.२०७७ पुस १८ शनिवार ०९:४१ मा प्रकाशित






























