
बाँच्ने दुई तरिका छ
कि,
जे छ त्यसमा संतोष गर
वा,
अझै प्राप्तिको लागि संघर्ष गर
जिउने दुई आधार छ
कि,
यथास्थितीमा चुपलागेर बस
वा,
परिवर्तनको लागि जुध ।
कोहि मान्छे यस्तो पनि हुन्छ
जो अरुको पिडामा स्वयम् पीडित बन्छ
रुन्छ, दुःखि हुन्छ
सहयोगी बन्छ
अन्यायमा ज्वालामुखी बन्छ
अत्याचारका बिरुद्ध जुध्छ संघर्ष गर्छ ।
कसैको मृत्यु यस्तो हुन्छ कि
जनजनको मनमुटू रुन्छ
देश रुन्छ संसार रुन्छ
मरेर पनि उ अमर हुन्छ
कसैको मृत्यमा परिवारमात्र रुन्छ
कोहि मरे भने पत्तै हुदैन ।
कोहि कोहि यस्तो हुन्छ कि
जसलाई अरु कसैको मतलब हुदैन
आफै खान्छ आफै लाउँछ
र,
आफै बाँच्छ ।
कसैको मृत्यु यस्तो हुन्छ कि
जनजनको मनमुटू रुन्छ
देश रुन्छ संसार रुन्छ
मरेर पनि उ अमर हुन्छ
कसैको मृत्यमा परिवारमात्र रुन्छ
कोहि मरे भने पत्तै हुदैन ।
आफ्नै लागि मात्र हाँस्ने, बाँच्ने र साँच्ने
यो हैन जीवन
जीवनको परिभाषा अनन्त छ
साँस रहेसम्म हैन जीवन
मृत्युपछि पनि
जनजनको मनमुटूमा रहिरहनु
हो ! जीवन ।
जीवनका दुई पाटा छ
कि,
तिमीले संसार हेर
वा,
संसारले तिमीलाई हेरोस्
जीवनको दुई विकल्प छ
कि,
जित्ने कोसिस गर
वा,
हार मानेर पराजय स्विकार गर ।
वि.सं.२०७७ पुस १८ शनिवार ०९:३८ मा प्रकाशित






























